हरेक नेपालीको भागमा ७१ हजार २ सय ३४ रुपैयाँ ऋण
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १२:४१:३०
१५ जेठ, काठमाडौं । सरकारले हरेक वर्ष लिदै आएको आन्तरिक र बाह्य ऋण बढिरहेको छ । सरकारी ऋण जति बढ्दै जान्छ उतैनै हरेक नेपालीको भागमा परेको ऋण पनि बढिरहेको छ । पछिल्ला वर्षमा आन्तरिक ऋणको हिस्सा बढ्दै गएको छ भने बाह्य ऋणको अंश भने क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षणको गत फागुनसम्म सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋणको अनुपात ४८.६ प्रतिशत र बाह्य ऋणको अनुपात ५१.४ प्रतिशत रहेको देखाएको छ ।
गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सरकारले तिर्न बाँकी ऋण करिब २ खर्ब ३१ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको आठ महिनासम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो । गत फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ७१ हजार २ सय ३४ रुपैयाँ बराबर छ । अर्थात हरे नेपालीले यो बराबर ऋण तिरेमा सरकार ऋण मुक्त हनेछ ।
गएको वैशाख मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण साढे २१ खर्बभन्दा माथि पुगेको छ । चालु आर्थिक वर्षको १० महिना साउनदेखि वैशाखसम्मको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । तथ्यांकअनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ । बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ छ ।
पछिल्लो ५ वर्षमा सरकारको ऋण दोब्बर भएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष ०७४÷७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब बराबर थियो । त्यसयता सार्वजनिक ऋण ०७५÷७६ मा १० खर्ब ४८ अर्ब, ०७६÷७७ मा १४ खर्ब ३३ अर्ब, ०७७÷७८ मा १७ खर्ब ३७ अर्ब, ०७८÷७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ । हरेक वर्ष ऋण बढेसँगै तिर्नुपर्ने साँवा र ब्याज पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म सरकारले ८० अर्ब ९९ करोड साँवा र ४० अर्ब ६८ करोड ब्याज भुक्तानी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
असोज १९, २०८१ शनिबार
विश्व बैंकले भन्यो, चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ५.१ प्रतिशत पुग्छ
असोज १६, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
असोज २१, २०८१ सोमबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार