आमिरको च्याम्प्यिनमा सलमानको स्थानमा रणवीर
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १२:५३:०
१५ जेठ, मुम्बई । वर्षको सुरुवातमा अभिनेता सलमान खानले आमिर खानको फिल्म ‘च्याम्पियन’मा अभिनय गर्ने चर्चा थियो । आमिरले बनाउन लागेको स्पेनिस फिल्म ‘क्याम्पिओनिस’को हिन्दी रिमेकका लागि आमिर लामो समयदेखि समय दिइरहेका छन् ।
फिल्मका लागि आमिरले सलमानलाई प्रमुख भूमिकामा प्रस्ताव गरेका थिए । सलमानलाई प्रस्ताव गरेको लामो समयसम्म पनि फिल्मको काम अघि नबढेपछि सलमान फिल्मबाट पछि हटेका छन् । अब फिल्ममा सलमानले अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरेका छन् ।
‘सुरुवातमा सलमानले यो फिल्ममा अभिनय गर्नका लागि चासो देखाएका थिए । तर फिल्मको रिलिज मितिसँग सलमान डराएपछि उनी आमिरको फिल्मबाट पछाडि सरेका छन् । किनकी आमिरको फिल्मसँग सलमानको फिल्म जुध्ने भएपछि सलमान पछि हटेका हुन्’, फिल्म निकट स्रोतले भन्यो ।
सलमान ‘च्याम्प्यिन’बाट पछि हटेपछि आमिरको ध्यान रणवीरप्रति मोडिएको छ । रणवीरले फिल्मको न्यारेसन सुनेका छन् र उनले काम गर्ने इच्छा देखाएका छन् । ‘केही समययता रणवीरले चाख लाग्दा फिल्ममा अभिनय गरेका छन् । स्क्रिप्ट र जनरा छनोटमा उनको चासो बढी छ । रणवीरको अभिनयबाट प्रभावित भएका आमिरले आफ्नो फिल्ममा उनलाई फरक अवतारमा देखाउन चाहन्छन्’, स्रोतले भनेको छ । फिल्ममा आरएस प्रसन्नको निर्देशन रहनेछ । फिल्म सन् २०२४ मा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार