कांग्रेस तल होइन माथि नै बिग्रेको छ : गगन थापा
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १३:३५:३३
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी तल्लो तहमा नभई माथिल्लो तहमा बिग्रिएको बताएका छन् । सोमबार पार्टीको ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा मुख्य वक्ताको रुपमा बोल्दै कांग्रेस तलसम्म संगठनको अवस्था राम्रो रहेको बताउँदै मुख्य समस्या नेतृत्वमा भएको बताए ।
महामन्त्री थापाले पछिल्लो समयमा कांग्रेसभित्र देखिएको समस्या समाधानका लागि तल्लो तहबाट पहल थालिएको बताए । ‘जरा र हाँगामा समस्या आए रुख नै सिद्धिने खतरा रहन्छ, तर टुपोबाट सुकेर गयो भने त्यसलाई चुँडालेर फाल्दा रुखले नयाँ टुसासहित राम्ररी फैलिने मौका पाउँछ’ उनले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले खास खास समयमा आवश्यक पहल लिन सकेको बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी नेताहरुलाई मुद्दाको टुंगो नलाग्दासम्म पार्टीबाहिर राख्नुपर्ने कुरा पुनः दोहोर्याए । नक्कली शरणार्थी प्रकरणमा पार्टी नेतृत्वका कारण पार्टीका नेता कार्यकर्तालाई शिर ठाडो बनाएर हिँड्न मुश्किल बनाएको बताए ।
‘नक्कली भुटानी शरणार्थी अनुसन्धानमा नेतृत्व चुकेका छन् । अनुसन्धान तानिएका, मुद्दा परेका साथीहरुलाई केही समय पार्टीबाट बाहिर राखे के जान्थ्यो, मै परे पनि बाहिर राख्नु पर्छ, तर यसमा पार्टी नेतृत्व चुके’ थापाले भने । यो कुरा उनले पार्टीको केन्द्रीय समिति बैठकदेखि विधानमहाधिवेशनमा पनि राख्ने बताए ।
यस्तै, थापाले रेशम चोधरीलाई सरकारले दिएको आममाफीप्रति असन्तुष्ट जनाएका छन् । साथै संसद बैठकमा सांसदले बोलेका कुरा ३ ठूला दलका ठूला नेताहरु मिलेर मेटाएको भन्दै यसबाट जनताबाट निर्वाचित सार्वभौम सांसदको अधिकारलाइ कुण्ठित तुल्याउने काम गरेको बताए । ‘सार्वभौम सांसदले बैठकमा आफ्ना कुरा राख्दा पनि ठूला दलका ठुला नेतालाई सोधेर मात्र राख्नुपर्ने शासन सुरु भएको छ’ उनले भने, नसोधे बोलेका कुरा कतिखेर काटिन्छ थाहै नहुने स्थिति आएको छ ।’
यही जेठ १० गते संसद बैठकमा सिन्धुली २ बाट निर्वाचित सांसद लेखनाथ पौडेलले एमालका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा राखेको ज्योतिलिंगको जलहरी राख्ने क्रममा सुनको भनेर पित्तलको राखेर करोडौं रुपैयाँ राज्यको सम्पत्तिमा भ्रष्टाचार गरेको भनी अभिव्यक्ति दिएकाथिए । सोही अभिव्यक्तिप्रति एमालेले विरोध जनाउँदै संसद बैठकमा अवरोध पुर्याएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डबीच सल्लाहबाट दाहालको उक्त अभिव्यक्ति उचित नरहेको निष्कर्षसहित रेकर्डबाट हटाउन लगाइएको थियो ।
अर्को प्रसंगमा थापाले अब हुने कुनैपनि चुनावमा कांग्रेस गठबन्धन गरेर जान हुने बताए । उनले गठबन्धनमा जाँदा पार्टीका समर्थक र शुभेच्छुकमा चोट पुगेको र उनीहरुमा कांग्रेसको आत्म निभ्दै गएको आफूले पाइएको बताए ।
उनले आफू पार्टीभित्र कुनै गुटमा नरहेको स्पष्ट पार्दै अब पार्टीमा कांग्रेसमा सुधार चाहने र नचाहने दुई थरी गुट मात्र रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार