नर्वेमा ‘मन्थ अफ दी आर्टिस्ट’ बन्दै प्रकाश आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:१:३५
१५ जेठ, काठमाडौं । साहित्यकार, कवी, निर्देशक तथा फोटोग्राफर प्रकाश आङदेम्बेको फोटोग्राफीहरु नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ दी आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको छ ।
महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् । जहाँ आङदेम्बेको एकल फोटोग्राफी प्रदर्शनी भइरहेको छ । नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशिल, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो ।
केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई निशुल्क साँस्कृति, भाषिक, सृजनशिल, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैसी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई निशुल्क क्षमतावृद्दी तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेश गर्ने गर्दछ ।
प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेश गरेका छन् । जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन् । आङदेम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन् ।
हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी उनी आफु स्वयम चाही पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न बढी पराउँछन् । जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्दमा मात्र होइन, भाषामा मात्र होइन । फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।
‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक शहर हुनका साथै विश्वप्रसिद्द कबि÷नाटककार हेनरिक इव्सेनको जन्मभूमी पनि हो । सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटोप्रदर्शनी चलिरहेको छ । दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’ को व्यानरमा एक दर्जन फोटोग्राफरहरूको ४५ वटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘इश्वरको रंग’ शिर्षकका तीनवटा फोटोहरू सहभागी छन् ।
यो प्रदर्शनी मे पहिलो हप्तावाट शुरु भएर जुन महिनाभरी रहनेछ । नर्वेजियन फोटोग्राफर बाहेक आङदेम्बे एक मात्र सहभागी विदेशी मुलका फोटोग्राफर हुन् । नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ठ विधाको मध्ये एक रुपमा हेर्ने गरिन्छ । आङदेम्बे भन्छन् ‘हरेक कुराको भाष्य र मुल्य निर्माण गर्न आवश्य हुनेरहेछ । भाष्य र मुल्य निर्माण गर्नलाई सँस्कार र सँस्कृति निमार्ण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ, सिक्न पाएँ ।’ आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुहियो लाखौंको आलु
असोज २१, २०८१ सोमबार
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
असोज २०, २०८१ आइतबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
असोज २१, २०८१ सोमबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार