सरकार १७ खर्बकाे सिलिङमा बजेट ल्याउँदै
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:२४:५५
१५ जेठ, काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा बेलुका ६ बजे बजेट वक्तव्यमार्फत बजेट प्रस्तुत गर्नेछन् । मुलुकको यो ७२औं आव बजेट हो ।
सरकार यो पटक १७ खर्ब ८९ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको बताइन्छ । सरकारले राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङमा रहेर बजेट तय गरेको बताइएको छ ।
नियमित खर्चतर्फ फजुल खर्च कटौती तथा खर्च मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा जोड दिने किसिमबाट बजेट तयार पारिएको बताइएको छ ।
यद्यपि, चालू आर्थिक वर्ष सकिन ४७ दिन मात्र बाँकी रहँदा सरकारले पूँजीगत खर्च ३६ प्रतिशत गर्न सकेको छ । निर्माण, आयोजना लगायत पूर्वाधार विकासमा छुट्याइएको पूँजीगत खर्च ६४ प्रतिशतले कम खर्च हुँदा बजारमा पैसा पर्न गई गरिबीको रेखा उकालोतर्फ लाग्ने निश्चितप्रायः छ ।
मुलुकमा औपचारिक रुपमा २००८ साल माघ २१ मा अर्थमन्त्री सुवर्ण शमशेरले नेपालको पहिलो बजेट ल्याएका थिए । कूल ५ करोड २५ लाख रुपैयाँ बराबरको उक्त वार्षिक बजेटमा उनले धनी र गरिबबीचको अन्तरलाई कम गराई राज्यको सम्पत्ति बढाउन केन्द्रित गरेको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार