फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ : अभिनेता दयाहाङ राई
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:२९:५७
१५ जेठ, काठमाडौं । २६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली समेत सुनाए,‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको छ फिल्म हो यो ।’
यतिबेला उच्च सफलता हाँसिल गरिरहेको चलचित्र जारी सांस्कृतिक फिल्म भएकाले चलेको बताउँदै राइले भने, ‘मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यबसायिक सफलताको रेकर्ड पनि तोडेका छन् । तथापि बिषयबस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको अर्को फिल्म नीरफूल हो ।’
अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको पनि सुनाए, ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उजले भने, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’
कोरोना महामारीको कारण यस अघि रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे,‘चलचित्रमा भुकम्प आउँछ, तर यो चलचित्र भुकम्पको कथा माथि हैन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ चलचित्रमा छ ।’
नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रका अर्का अभिनेता बुद्धी तामाङले नीरफूलको कथाबस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । फिल्म समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफु यो फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए ।
अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले यो चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् । रँगकर्मी राजन खतिवडाले आफुलाई यो फिल्मको कथा र बिषयबस्तु अत्यन्त मन परेको र सोचेको भन्दा राम्रो पारिश्रमिक नीरपूmलमा पाएको जानकारी गराउँदै भने, ‘निर्देशक फुलमानजीले हरेक साना साना कुरालाई पनि निकै गहिरो रुपमा यसमा प्रस्तुत गर्नु भएको छ । यो चलचित्र नेपाली सिनेमा उधोगको लागि मानक सिनेमा बन्न सक्छ ।’
गायक र रँगकर्मीको रुपमा परिचय बनाएका कलाकार मानस राजले आफुलाई गायकको रुपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अबतारमा पाउने बताए । जिग्मे छ्योकी घिसिङ आफु यसअघि गायिकाको रुपमा परिचित भएपनि नीरफूलले आफुलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् । भूकम्पको बेला उपचार गर्ने नाममा हराएको बालिकाको भूमिकामा आफु रहेको उनले बताईन् ।
भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।
डोमा सोनाम कार्यकारी निर्माता रहेको चलचित्रलाई दीपक श्रेष्ठ 'युके', माया केसी 'युएई', इन्द्र तामाङ 'अमेरिका' उदय लामा 'जापान', चन्द्रमाया लामा 'इजरायल', दिनेश लामतरी मगर 'कोरिया'सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । यही जेठ २६ गते रिलिज हुन लागेको फिल्मको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार