नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १५:४:२३
१५ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रूपैयाँको दाबी भुक्तानी गरेको छ । टीकापुर नगरपालिका १ कैलाली घर भएका बीमित नरबहादुर साउदको २०८० वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले टीकापुरमा आयोजित एक कार्यक्रमकाबीच मृतककी श्रीमती ज्ञानुदेवी साउदलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत 'सीईओ' प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवीलाई हस्तान्तरण गरेका हुन् ।
स्व. नरबहादुरले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रूपैयाँ बीमाङ्कको जीवन बीमा योजना लिएका थिए ।
बीमाङ्क बापतको ५० लाख र बोनस बापतको १४ लाख २५ हजार रूपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रूपैयाँ उनकी श्रीमती ज्ञानुदेवीलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार कागजात प्राप्त भएको पाँच दिन भित्रै दाबी रकम भुक्तानी गरिएको हो ।
दाबी प्रक्रियालाई चुस्त, दुरुस्त र छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका सीईओ पराजुलीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार