सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन

नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १५:२६:२३

१५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले ७ दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन नसकेको भन्दै ७ दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।
संसदीय समितिको नेतृत्वबारे दलहरुको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।
‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया ९निर्वाचन०बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’
गत १९ चैतमा प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ : नेता कोइराला
फागुन १७, २०८१ शनिबार
संसदमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुँदै, साना दल विभाजनको चेपुवामा !
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार