गाँजा खेती गर्ने बाटो खुल्यो, उत्पादन क्षेत्रको संभाव्यता अध्ययन गर्न बजेट विनियोजन
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १७:४८:९
१५ जेठ, काठमाडौं । अबदेखि देशभित्र गाँजा खेती गर्न पाइने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्र आगामी आर्थिक वर्षदेखि नै गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन सुरु गरिने बताएका हुन् ।
हाल नेपालको कानुनले गाँजालाई लागू औषधिको सूचीमा राखेर यसको उत्पादन, ओसारपसार तथा सेवन गर्न प्रतिबन्ध लगाएको छ । मन्त्री महतले गाँजा खेतीको लागि मुलुकका विभिन्न क्षेत्रमा सम्भाव्यता क्षेत्रको रुपमा अध्ययन यसै आवबाट सुरु गरिने उनले बताए । यस निम्ति आवश्यक कानुन बनाइने भएको छ ।
अहिले व्यापारीले मकवानपुर, काभ्रे, दाङ, उदयपुर लगायत जिल्लामा लुकीछिपी लगाउने गरेका गाँजा खेती प्रहरी आफैंले कटान र जलाएर नष्ट गर्दै आइरहेको छ । गाँजा उत्पादन, ओसारपसार, बिक्री, वितरण र सेवनमा संलग्नताको आरोपमा हजारौं नागरिक विभिन्न जेलमा छन् ।
यसअघि देखि नै राष्ट्रिय सभा र प्रतिनिधिसभा तथा संसदीय समितिमा सांसदहरुले गाँजालाई जडिबुटीको मान्यता दिएर यसको खेती गर्न आवश्यक रहेको बताउँदै कानुन बनाउनुपर्ने बताउँदै आइरहेका छन् । उनीहरूले नेपाली मदिरालाई ब्राण्डको रुपमा विकास गर्दै विदेशमा निर्यात गरिने व्यवस्था मिलाउन माग गर्दै आइरहेका छन् ।
काठमाडाैँ महानगरपालिकाले नेवारी रक्सीलाई ब्राण्डिङ गर्ने निर्णय गरिसकेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार