काठमाडौं ल्याइपुर्याइयाे बीरगन्ज सिर्सिया नदीको प्रदुषित पानी, प्रदूषणमुक्त गर्न माग गर्दै माइतीघरमा धर्ना
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार ११:५२:१५
१६ जेठ, काठमाडौं । पर्साको सिर्सिया नदीलाई प्रदुषित पानी बोकेर स्थानीय काठमाडौं आइपुगेका छन् । उनीहरु नदीमा बारा औद्योगिक कोरिडोरका उद्योग, कालकरखानाबाट निस्कने रसायन मिसिएको प्रदुषित पानी बगाउँदा नदी दुर्गन्धित भई वरपरका बस्तीका नागरिक बिरामी पर्ने क्रम नरोकिएपछि नदीलाई प्रदुषण रोक्न माग गदै सरकारको ध्यानाकर्षण गराउँदै नदीको फोहोर पानी बोकेर ५ दिन पैदल हिँडेर थुप्रै महिला पुरूषहरू अभियन्तासहित काठमाडौं आइपुगेका हुन् ।
स्थानीय स्तरबाट समस्या समाधान नहुने निष्कर्षसहित केन्द्र सरकारको ध्यानार्षण गराउन उनीहरु फोहोर पानी बोकेर काठमाडौं आएका हुन् । चुरे तथा वन जङ्गल संरक्षण अभियानको नेतृत्वमा दुई दर्जनभन्दा बढी पीडित प्रदुषित पानी बोतलमा बाकेर काठमाडौं आइपुगेका छन् ।
उनीहरुले मंगलबार बिहानदेखि माइतीघर मण्डलामा नदीलाई प्रदुषणबाट मुक्त गराई नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न नदीको कालो पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड प्रदर्शन गरिरहेका छन् ।
बाराको रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको मुख्य बजार वीरगन्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै बगाउँदा सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।
नदीमा छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगहरुले उद्योगबाट निस्कने रसाययुक्त पानीलाई सिधै नदीमा मिसाउँदै आइरहेका छन् । स्थानीयले दशर्कौदेखि विरोध गर्दा पनि उद्योगहरुले बेवास्ता गर्दै आएका छन् । सम्बिन्धत निकायलाई समेत पीडितहरुले सम्बन्धित कार्यालयको ध्यानाकषर्ण गराउँदै आएपनि मौन बसेको छ ।
जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बर्गाएका कारण नदीमा जलचर नष्ट भएको अभियन्ताहरुले बताएका छन् । दुर्गन्धका कारण नदी किनारका बासिन्दाको स्यास्थ्यमा गम्भीर समस्या देखिँदै आएको । नदीको प्रदुषण हटाउनेबारे वीरगन्ज महानगरपालिकाले कुनै चासो देखाएको छैन ।
नदीको पानी प्रदुषणमुक्त बनाउन संसदमा समेत आवाज उठ्दै आएको छ । सांसद प्रदीप यादवले प्रतिनिधिसभाको प्रत्येक बैठकमा शून्य समयमा बोल्दै सिर्सिया नदीमा उद्योगहरुले रसायनयुक्त पानी मिसाउनाले नदी दुर्गन्धित भई स्थानीय बासिन्दा बिरामी पर्न क्रम नरोकिएको भन्दै प्रदुषणमुक्त बनाउन सरकारसँग माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरभित्र आजदेखि गरिब घरपरिवारको गणना सुरु, २०९ जना गणक परिचालन
चैत २५, २०८० आइतबार
चुनढुङ्गा उत्खननमा कीर्ते सिफारिस गर्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी
चैत २१, २०८० बुधबार
यस वर्ष विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
चैत २१, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार