कीर्तिमानी आरोही बुढामगरलाई माओवादीले गर्यो सम्मान
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १३:७:३७
१६ जेठ, काठमाडौं । नेकपा 'माओवादी केन्द्र'ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेको हो ।
सो अवसरमा उपाध्यक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेको विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताए । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे ।
घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी घुँडा माथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेको हुन । बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार