नक्कली भुटानी शरणार्थी मुद्दामा आरोपितहरुको बयान जारी
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १३:१०:२८
१६ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा मंगलबार ३ तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद शर्माको इजलासमा आज आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।
प्रकरणमा पक्राउ परेका १७ मध्ये यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान भइसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान सुरु भएको हो ।
प्रकरणमा मुद्दा दर्ता भएका अन्य १३ जना अझै फरार छन् । प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधान मन्त्रीसमेत रहेका एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डेलगायतको बयान बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार