मकै बेचेर घरखर्च धान्दै महिला
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १३:५३:२२
१६ जेठ, गल्याङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ । छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ । ३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न व्यस्त छन् ।
उनी बिहानै भालेको डाँकोसँगै उठ्छिन् र सरसफाइको काम भ्याउछिन् । मोही पार्छिन् र टिमुर, पुदिना, गोलभेडा, नून तथा हरियो खुर्सिनी राखेर अचार बनाउछिन् । यसरी तयार पारेको सामान झोलामा बोक्दै रुचाल घरदेखि केही तलको मकै पोल्ने ठाउँमा झर्छिन् ।
“मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष भयो, यसकै आम्दानीले गुजारा चलाएकी छु”, दाउरा आगोमा ठोस्दै उनले भनिन्, “सुन्तलाको याममा सुन्तला बेच्छु, हरिया मकै बेमौसमी पनि पाइने भएकाले अहिले मकै पोलेर बेचिरहेकी छु ।” यही काम पनि सजिलोसँग गर्न नपाइएको उनको गुनासो छ ।
औँलाले देखाउँदै उनले भनिन्, “काठको खामो गाडेर छाप्रो बनाएकी थिएँ, काठकै टेबुल र बेन्च पनि थियो, छाप्रो भत्काइदिन थाले । टेबुल पनि चोरी हुन थाल्यो । अहिले भने बेन्च फलामको बनाउन लगाएर राखेकी छु ।”
दैनिक ४०–५० वटासम्म पोलेको मकै बिक्री हुन थालेको रुचालले बताइन् । “दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म कमाइ हुन्छ”, उनले भनिन् रुचालले मोहीसमेत बिक्री गर्छिन् । सबै गरेर महिनामा रु एक लाख ५० हजारसम्म कारोबार हुने गरेको रुचालले बताइन् ।
गल्याङ नगरपालिका–६, पिँडिखोलाका शेरबहादुर थापा प्रायःजसो पोलेको मकै, मोही र चटनी खान यहाँ आउने गर्छन् । स्वदेशमा रोजगार भएन भन्नेहरुलाई रुचालको कामले केही गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।
रुचालको छाप्रोभन्दा केही पर अर्को छाप्रोमा सविता गैरे पनि मकै पोल्नमै व्यस्त छिन् । “दैनिक २५–३० जती मकै बिक्री हुन्छ”, उनले भनिन्, “मकै पोलेर खुवाउँदा फुर्सदै हुन्न, यही पेसाले हाम्रो घरखर्च धान्न सहज भएको छ ।”
सविताकी सासू केशरी पनि मकै पाल्नमै व्यस्त छिन् । उनी भन्छिन्, “सासू–बुहारीले मकै बेचेर कमाएको पैसोले घरखर्च धानिएको छ ।” यहाँ सुन्तलाको याममा पनि यस्तै चटारो हुन्छ । मकै खरिद गर्न पोखरा, चितवनलगायत ठाउँबाट व्यापारी मायाटारी आउने गरेका छन् । यहाँ पोलेको मकै प्रति घोगा रु ५० र मोही प्रति गिलास रु २० मा बिक्री हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार