टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १४:०:३०
१६ जेठ, काठमाडौं । सरकारको स्वामित्वको नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियाु दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पौडेललाई नियुक्ति गर्दा प्रचलित कानुनको पालना नगरी गैरकानुननी ढंगबाट गरिएको दाबी गर्दै टेलिकमका न्यून वैतनिक कर्मचारीहरूले उजुरी दिएका हुन् । उजुरीमा उनीहरुले अख्तियारीको दुरुपयोग गरी नियुक्ति लिने पौडेललाई कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।
नेपाल दूरसंचार कम्पनीको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी निर्देशिका २०७८ को बुँदा नम्बर १० अनुसार सूचकांकमा कम्तिमा ७०५ अंक हासिल गर्नुपर्ने व्यवस्था रहेकामा पौडेल र तत्कालीन सचिव बैकुण्ठ अर्यालको मिलेमतोमा कार्यसम्पादन सम्झौतामा न्यूनतम कार्यसम्पादन अंकसम्बन्धी उक्त व्यवस्थालाई संशाेन गराइ ६०५ कायम गरी पौडेललाई नियुक्त गरिएको दाबी उनीहरूले गरेका छन् । मिलेमतोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको उनीहरुको आरोप छ ।
बाहिरबाट नियुक्ति पाएका पौडेलकै कारण कम्पनीको कार्यसम्पादन कमजोर भएको र प्रतिस्पर्धी कम्पनीलाई फाइदा पुगेको दाबी उनीहरूले गरेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहेका पौडेललाई मन्त्रिपरिषद् बैठकले २०७८ चैत २४ गते चार वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार