२०४६ पछिका उच्चपदस्थ अधिकारीको सम्पत्ति र गौर हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
पार्टीलाई वैचारिक, सांगठनिक र सांस्कृतिक रुपमा नयाँ बनाइने
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १५:४६:२९
१६ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०४६ सालपछिका उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति क्रमशः छानबिनको दायरा ल्याउने बताउका छन् । मंगलबार काठमाडौं सुरु भएको पार्टीको केन्द्रीय सल्लाहकारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ०४६ पछि उच्च पदमा बसेका अधिकारीको सम्पत्ति छानबिन गर्ने बताए ।
लामो समयदेखि थुप्रिँदै आएको भ्रष्टाचार र काण्डहरु अहिले सम्हालिनसक्नुको अवस्थामा पुगेको उनले बताए । ‘मैले संसदमा पनि भनेको छ्, २०४५ सालपछि उच्च पदमा बसेका सबै उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति विवरणमाथि छानबिन र खोजीनीति गरिन्छ, त्यसै छोडिँदैन’ उनले भने, ‘तपाईहरु पाका कमरेडहरुले बुझेकै छन्, वर्षौंदेखि काण्ड र भ्रष्टाचारको फाइल थुप्रो लाग्दै अहिले सम्हाल्न नसक्ने जस्तो अवस्था जो देखिएको छ, यसलाई क्रमशः खुल्छन्, खुलाइन्छन्, कानूनको दायरामा ल्याएर टुंगोमा पुर्याइनेछ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गरिने बताए । ‘मुलुकका ठूल्ठूला र भयानक हत्याकाण्ड दरबार, गौरलगायतको छानबिन गर्नुछ, गरिन्छ’ उनले भने ठूला भ्रष्टाचार र हत्याकाण्डबारे नेपालीको मनमा ठूल्ठूला शंका छ । यसलाई मेटाउन कदम कदम गरी अगाडि बढ्नुछ । जनतामा नयाँ आशा र विश्वास जगाउनुछ।’
‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहेका नेताहरुको उचित सम्मान र जिम्मेवारी बाँडफाँट हुन नसकेको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।
प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही जनताको आशा र बलमा पार्टी सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।
२०६४ को चैत २८ मा भएको संविधानसभाको चुनावअगाडि गौरमा माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेश जनाधिकार फोरमबीच आमसभास्थलबारे भएको विवादमा माओवादीका २३ जना कार्यकर्तालाई निर्मम तरिकाले हत्या गरिएको थियो । हत्याको छानबिन हुनुपर्ने माग पीडितहरुले उठाउँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार