पूर्वगुणस्तर अधिकृत यादवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १६:१५:४५
१६ जेठ, काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि 'हेर्दाहेर्दै' मा
बैशाख ९, २०८१ आइतबार
विकलविरुद्ध मुद्दा दायर, मुख्यसचिवमाथि प्रश्न मात्रै उठे !
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार