अखण्ड भारतको नक्सामा कपिलबस्तु राखिएकोबारे प्रधानमन्त्रीले कुरा गर्नुपर्छः ओली
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १६:३२:१९
१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद् भवनमा कुँदिएर बनाएको अखण्ड भारतको नक्सा हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा छलफल गर्नुपर्ने बताएका छन् ।
अखिल नेपाल महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले नक्साको विषयमा कुरा नगर्ने हो भने भारत भ्रमणमा जानुको औचित्य नहुने बताए ।
उनले भारतको नयाँ संसद् भवनमा काठमा कुँदेर कपिलवस्तु राखिएको आफूले सुनेको ओलीो भनाइ छ । उनले भने, ‘भारतले होइन भने खण्डन गर्यो भने वा हटायो भन्यो भने वा गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ उहाँले त्यो हटाउनु होस् त्यो गल्ती सच्याउनु होस् भनेर भारतसँग कुरा गर्नुपर्छ । त्यो त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’ प्रधानमन्त्री प्रचण्ड बुधबार ४ दिने भारत भ्रमणमा जाँदैछन् ।
कार्यक्रममा ओलीले भारत जस्तो एउटा पुरानो सुदृढ नमुना लोकतन्त्र भएको देशले नेपालको भूमि समेटेर आफ्नो संसद्मा राख्नुलाई उचित भन्न नसकिने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अखण्ड भारतको मुरालमा नेपाल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरिएको छ ।
भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।
संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार