‘क्लिनग्रीन’ सिद्धार्थनगरका लागि डस्टबिन वितरण
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १७:८:३६
१६ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।
घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको छ । नगरप्रमुख इस्तायिक अहमद खाँनले भने, “क्लिनग्रीन सिद्धार्थनगरको नारा अनुसार यसलाई सबै परिवारसम्म पर्याराउने छौँ ।”
सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न नगरपालिकाल प्रयास गरेको हुनाले सबै क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सडक–नाला तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न नगरपालिकाले आग्रह गरेको छ ।
सरसफाइ अभियानमा सिद्धार्थनगरका सबै जनप्रतिनिधि सहभागी भएका छन् । सरसफाइ अभियान जनस्तरबाट हुनुपर्ने भन्दै उपप्रमुख उमा अधिकारीले यसको नेतृत्व नगरपालिकाले गर्ने बताएको छ ।
स्थानीय समाजसेवी ओमकार गौचनले नगरपालिको यो अभियानले आफूमा गर्वको अनुभूति भएको बताए । “सुन्दर नगरलाई सफा र हराभरा बनाउने जिम्मेवार पनि नगरपालिका र स्थानीय जनताको हो”, गौचनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, अदालतको आदेश लत्यायो
चैत ९, २०८० शुक्रबार
अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार