प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा सम्झौता गरिनेछः परराष्ट्रमन्त्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १७:३२:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_iBbGjKLEGO_Bj3LkRrIvY.jpg)
१६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा सम्झौता गर्ने तयारी रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्न प्रयास हुने बताएका हुन् ।
पत्रकार सम्मेलमा परराष्ट्रमन्त्री साउदले विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने भारतसँग विद्युत् व्यापारसँगै बांग्लादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउनेबारे छलफल र सहमति गर्ने तयारी रहेको बताए ।
नेपालमा उत्पादित विद्युत्को बिक्रीको सुनिश्चितताको प्रयास गर्ने पनि परराष्ट्रमन्त्री साउदले बताए । उनले भने, ’नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि, बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास हुनेछ । नेपालमा अर्बौं खर्बौं विद्युत्मा लगानी गरेसकेपछि त्यो बेच्न सकिन्छ भन्ने लगानीकर्ताहरू आश्वस्त हुन सकून् ।’
उनले नेपालगन्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगबनी)लगायत अरू नाका पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि सुरु हुने भारत भ्रमणबाट सकारात्मक उपलब्धि हासिल हुने विश्वास उनले व्यक्त गरे ।
नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणका बारेमा पनि उक्त भ्रमण क्रममा छलफल हुने उनले उल्लेख गरे । उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास समेत व्यक्त गरे ।
विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, प्रसारणलाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसहित बंगलादेशसँग विद्युत् व्यापार गर्ने विषयमा सरकारको जोड रहने उनले बताए ।
“कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै व्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यकता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यकता पनि भनिरहेका छौँ । नेपालगन्ज, भैरहवा र विराटनगरलगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्न सकिनेछ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जाने कुरामा हामी जानेछौँ,” उनले भने, “हाम्रोबीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ । सुमधुर सम्बन्ध छ । यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्त्वपूर्ण क्षेत्रलाई समेट्न कोसिस गरिरहेका छौँ । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने कुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग ‘लङ टर्म पावर डिल’ गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्त्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।”
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चारदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मोदीसँग दिव्पक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत अधिकारी सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार