एनएमबि बैंककाे महोत्तरी शाखा लुटपाटमा संलग्न अझै पक्राउ परेनन्
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार ११:२१:५७
१७ जेठ, काठमाडौं । प्रहरीले महोत्तरीको एनएमबि बैंक लुटपाटमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । मंगलबार मध्यान्ह साढे १२ बजे शाखा संचालन भइरहेको बेला नकाब लगाएका हतियारधारी समूह प्रवेश गरेर ३५ लाख रुपैयाँ लुटेर फरार भएको थियो ।
महोत्तरी गाउँपालिका शाखामा ४ जनाको हतियारधारी समूहले पेस्तोल देखाएर सुरक्षा गार्ड र कर्मचारीलाई ज्यान मार्ने धम्कीसहित नियन्त्रणमा राखेर नगद लुटेका थिए । शाखा कार्यालय भवनको पहिलो तल्ला रहेको छ ।
नगद बोकेर लुटेराहरु मोटरसाइकल चढेर भारततर्फ फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । लुटेरा र लुटपाटको दृष्य बैंकमा रहेको सीसी टिभीमा कैद भएको छ । सीसीटिभीको फुटेजका आधारमा हुलिया पहिचानको काम भइरहेको र लुटेराको तीव्र खोजी भइरहेको महोत्तरी प्रहरी प्रमुख प्रकाश मल्लले बताए ।
अहिले शंकास्पद व्यक्तिहरुमाथि स्क्रिनिङ भइरहेको र कोही पनि पक्राउ परिनसकेको उनको भनाइ छ । घटनाको खबरलगत्तै भारतीय नाका शिल्ड गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
वडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार