पप्पु र वाईपी कन्ट्रक्सनसहित २३ निर्माण कम्पनी कालो सूचीमा
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १२:२५:१६
१७ जेठ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ता गरी २३ वटा कम्पनीलाई एक सूचना प्रकाशित गरी कालोसूचीमा राखेको छ । विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई बुधबार कालोसूचीमा राखिएको हो ।
सूचीमा राखिने कम्पनीहरुमा कलेज अफ इम्प्लोइमेन्ट, पप्पु कन्ट्रक्सन, वाईपी कन्ट्रक्सन, सप्तकोशी जलाधार कम्पनी, एसियन हाइटेक कन्ट्रक्सनलगायत छन् ।
कलेज अफ इम्प्लोइमेन्टलाई ३ वर्ष, पप्पु कन्ट्रक्सनलाई २ वर्ष, वाईपी कन्ट्रक्सनलाई १ वर्ष ६ महिना, सप्तकोशी जलाधार कम्पनी र ओम साई एण्ड कम्पनीलाई १ वर्ष ३ महिनालाई कालोसूचीमा राखिएको सूचनामा जनाइएको छ । बाँकी कम्पनीलाई भने एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
काम सन्तोषजनक नगर्ने, दिइएको समयावधिमा निर्माण काम नसकेर अलपत्र पारेका कम्पनीलाई कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ । सबै कम्पनीलाई बुधबारबाटै कालो सूचीको समय लागू हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार