बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:६:५
१७ जेठ, मुम्बई । फिल्म ‘पुष्पा’को गीत ‘ऊ अंटावा’मा आइटम नृत्य गरेकी साउथ अभिनेत्री सान्था रुथ प्रभु हरेक दिन सफलताको नयाँ उडान भरिरहेकी छन् । हालका दिनमा उनी अभिनेता वरुण धवनका साथ सर्बियामा वेब सिरिज ‘सिटाडेल’को सुटिङ गरिरहेकी छन् । यो वेब सिरिज प्रियंका चोपडाले अभिनय गरेको वेब सिरिजको हिन्दी भर्सन हो ।
सामन्थाले चाँडै नै बाफ्टा अवार्ड विजेता हलिउड निर्देशक फिलिप जोनको निर्देशकीय फिल्ममा अभिनय गर्ने भएकी छन् । उनी ‘सिटाडेल’को काम पुरा गरेपछि विवेक कालराका साथ पहिलो अङ्ग्रेजी फिचर फिल्ममा अभिनय गर्नेछिन् । यो फिल्म टिमरी एन मुरारीको उपन्यास ‘द अरेजन्मेन्ट्स अफ लभ’मा आधारित हुनेछ ।
फिल्मले एक दक्षिण एसियाली वेल्समेन विवेक कालराको कथा बोल्नेछ । जो आफ्नो पिता खोज्नका लागि चेन्नईको यात्रा गर्छन् । उनले एक जासुस९सामन्था रुथ प्रभु०को सहयोग माग्छन् । रोमान्टिक कमेडीमा आधारित फिल्ममा दर्शकले पूर्वीय र पश्चिमी संस्कृतिको मिश्रण पाउनेछन् । फिल्मको सुटिङ चेन्नई र यूकेमा हुनेछ । फिल्म अङ्ग्रेजी र तमिल दुवै भाषामा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार