सांग्रिला बैंकले वृहत साइकल र्याली गर्दै, भाग्यमानी एकजनाले साइकल उपहार पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:१६:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/cycle-rally-shangrila-bank_NlgoxTvcva_0aDVMJQnZk.jpg)
१७ जेठ, काठमाडौं । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल र्याली आयोजना गर्ने भएको छ । जेठ २० गते (आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्याली २०८०’ आयोजना गर्ने भएको हो ।
सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । र्यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ ।
बैंकले यसपटक डेभलपमेन्ट बैंकको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्याली आयोजना गरेको थियो ।
यस साइकल र्याली कार्यक्रमको लागि White Feathers Communications, Square Eighteen, Sign Pro, Axiom Nepal Pvt. Ltd, Advan Tech Trade Link, R.D Suppliers, World Distribution Nepal Pvt. Ltd, Capital Construction Pvt. Ltd, Nepal Air Conditioning Service, Raj Trading Concern संस्थाहरुको समेत सहयोग रहेको छ ।
बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रो “साइकल याली, २०८०” को आयोजना गर्न लागेको हो । “इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
अघिल्लो वर्षको र्यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यसपटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ ।
साइकल र्यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्र बाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी अपूर्व प्रसाद जोशीले जानकारी दिएका छन् ।
यस्तै, र्यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ । साइकल र्यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार