पहिचान पक्षधर आन्दोलनकारीले दिए वार्तामा बस्ने संकेत
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:२४:१६
१७ जेठ, विराटनगर । कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै झण्डै ४ महिनादेखि आन्दोलन गर्दै आएका पहिचान पक्षधर आन्दोलनकारीहरुले प्रदेश सरकारसँग वार्तामा बस्ने संकेत दिएका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवं द्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ता र संवादमा आउन आग्रह गरेका थिए ।
वार्ताका लागि आह्वान भएको भोलिपल्ट आन्दोलनमा सहभागीमध्ये किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन सरकारले वार्ताका लागि गरेको औपचारिक आव्हानलाई आफूहरुले सकारात्मक रूपमा लिएको बताएका छन् । आह्वानलाई केही न केही सुरुवात भएको रुपमा लिएको उनले बताए । यसबाट आन्दोलनरत पक्ष वार्तामा बस्ने संकेत मिलेकाे छ ।
उनले आह्वान भएपनि अहिले नै वार्तामा बस्न अवस्था नरहेको र यसले वार्ता गर्ने वातारण बनाउने विश्वास लिएको उनले बताए । वार्ताका लागि कमिटी, एजेण्डा र विश्वास मुख्य विषय भएको उनको भनाइ छ । वार्ताबारे सरकारबाट औपचारिक रुपमा पत्र नआएसम्म वार्ता हुन्छ भन्न नसकिने उनले बताए ।
सरकारबाट वार्ता आह्वानपछि के भन्नेबारे छलफल गर्न आन्दोलनरत पक्षहरु छिट्टै बैठक बस्ने किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातोचो राईले बताए । सरकारसँग वार्ता गर्न उच्चस्तरीय टोली हुनुपर्ने उनको तर्क छ । वार्ताका लागि गरिएको आह्वानपत्रले सररकार परिणाममुखी वार्ताको पक्षमा नरहेको देखिएको उनले बताए ।
गएको फागुन १७ गते प्रदेशसभाको बहुमतले प्रदेशको नाम नदी झल्किने प्रकारले कोशी राखेसँगै पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै राई, लिम्बू, किरात लगायत समूदायले आन्दोलन गर्दै आएका छन् । प्रदेशसभाका नामाकरणका बेला कोशी नामसँगै ‘किरात–लिम्बूवान–सगरमाथा’ पनि प्रस्तावित भएको थियो । तर बहुमतले कोशी नाम पारित गरेको हो ।
कोशी प्रदेशमा आइतबारदेखि सुरु भएको बजेट अधिवेशन जारी छ । अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस हुँदैछ । आन्दोलनकारीले अधिवेशनको पहिलो बैठकमा सांसदहरुलाई सभाहलमा प्रवेशमा रोक्ने योजनासाथ आइतबार भएको आन्दोलनका ८६ जना आन्दोलनकारीलाई रिगफ्तार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयसँग मंगलबारको वार्तापछि गिरगफ्तार सबै रिहा भएका छन् भने कोशी बन्द गर्ने घोषित अन्दोलन फिर्ता लिई आन्दोलन शान्तिपूर्ण बनाउने विषयमा आन्दोलनकारी सहमत भएका थिए । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार