फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:३९:३६
१७ जेठ, काठमाडौं । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।
मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।
आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन् ।
गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन् । केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता
असोज २१, २०८१ सोमबार
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
असोज २१, २०८१ सोमबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार