प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न केन्द्रित हुनुपर्छ : प्रयु संगठन
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:५७:२५
१७ जेठ, काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार रोक्न केन्द्रित गर्न आग्रह गरेको छ ।
हालै भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको विषयमा संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपालको अखण्डतामाथि भइरहेका भारतीय प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण केन्द्रित गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा त्यहाँका सरकार प्रमुखसँग नक्साको त्रुटि सच्याउन सिधा कुरा राख्नुपर्ने संगठनका संयोजक सुजित केसीले आज प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका छन् । उनले भारतको कदमको निन्दा समेत गरेका छन् ।
‘एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि नै प्रहार भएको हुँदा हामी भारत सरकारको यस्तो कदमको घोर निन्दा एवं भर्त्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई सशक्त ढंगबाट प्रतिवाद गरोस् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा यो विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनी नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’
साथै संगठनले भारत सरकारले नेपालको राष्ट्रियतामाथिको प्रहारलाई तत्काल रोक्न र सच्याउन नेपालस्थित भारतीय राजदूतावासको पनि ध्यानाकर्षण गराएको छ । गल्ती नसच्चाए देशको राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने विज्ञिप्तमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार