‘सशस्त्र विद्रोह’का लागि भन्दै व्यापारीबाट चन्दा संकलन
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १४:५९:४५
१७ जेठ, काठमाडौं । ने.क.पा. (माओवादी) नामक संगठनले सशस्त्र जनविद्रोहका लागि भन्दै व्यापारी र विभिन्न व्यवसायीसँग चन्दा संकलनलाई तीव्रता दिएको छ ।
एमसीसी, एपीपी सम्झौता गरेर सरकारले राष्ट्रघाती काम गरेको भन्दै त्यसविरुद्ध संघर्ष र ‘जनकारवाही’ जारी रहेको समेत उक्त पार्टीको दाबी छ ।
पार्टीका केन्द्रीय महासचिव दाबी गर्ने गौरवको नामबाट लेटरप्याडमा आफ्नो पार्टी कुनै शक्ति वा कसैले हराउन नसक्ने अवस्थामा पुगेको दाबी गर्दै सरकार र ठूला पार्टीका नेतृत्वले राष्ट्रघाती र भ्रष्टाचारीलाई कारवाही गर्नुका साटो संरक्षण दिएको जिकिर गरिएको छ ।
उनले राज्य र सरकारद्वारा संरक्षित भ्रष्टाचारी, दलाल, तस्करहरुलाई कारवाही गर्न ‘सत्ता’ र ‘सेना’ परिचालन गर्न रकम खाँचो परेको जनाउँदै आर्थिक सहयोग गर्न व्यापारीसँग याचना गरेका छन् । गोरखाका मुख्य बजारका दर्जनौं व्यापारीलाई पत्र लेखेर चन्दा मागेका छन् ।
हालै व्यापारीलाई लेखेको पत्रमा पार्टीलाई आर्थिक, नैतिक ,भौतिक सहयोग गर्न आग्रह गरिएको छ । यो पार्टीको पूर्ण परिचय भने खुलिसकेको छैन । याे नामकाे पार्टी विधिवत् रूपमा अस्तित्वमा रहेकाे पाइँदैन । उसले आफूलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने यात्रामा रहेको दाबी गरिएको छ ।
जबकि मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले ‘नयाँ जनवादी क्रान्ति’ र विप्लव नेतृत्वको नेकपाले ‘वैज्ञानिक समाजवादलाई मुख्य लक्ष्य बनाएर संघर्षरत गर्दै आइरहेका छन् ।
पत्रबारे जानकारी आएको र यसबारे अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ । लेटरप्याडमा उल्लेखित नाम विगतमा १० वर्ष सशस्त्र व्रिद्रोह चलाएका विद्रोही नेकपा ९माओवादी०सँग मिल्दोजुल्दो देखिन्छ । जुन पार्टी २०६५ मा शान्ति प्रक्रियामा आएसँगै खुला संसदीय राजनीतमा सक्रिय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
नक्कली नोट सहित दुई जना पक्राउ
असोज २०, २०८१ आइतबार
होटलमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
असोज १६, २०८१ बुधबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
असोज २१, २०८१ सोमबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार