नेता खनालमाथि दुर्व्यवहार गरेकाे आराेपमा ९ जना पक्राउ, कारवाही गर्न एकीकृत समाजवादीकाे माग
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १५:१९:५
१७ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालविरुद्ध हुलहुज्जत र दुरव्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार अनामनगरबाट नियन्त्रणमा लिइएको उनीहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
भारतले नेपालका भू–भाग समेटेर बनाएको नक्साको विरोध र नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य वक्ता रहेका नेता खनालविरुद्ध आफूलाई राजावादी भनिनेहरुले नाराबाजी र हुलहुज्जत गरेका थिए । कार्यक्रमको आयोजना वामपन्थी नेता साध्यबहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा झलनाथसहित माले महासचिव सिपी मैनाली, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री लगायतका नेताहरूको मञ्चमा थिए ।
कार्यक्रम चलिरहेका बेला दर्शकदीर्घबाट मञ्चमा उक्लिएर सन्तोष ‘राजावादी’ माइकबाटै खनालले राजाका समर्थकहरुलाई चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध तथानाम र अपशब्दसहित खनिएका थिए । उनले खनाललाई राजाको विरोध गर्ने हैसियत नराख्ने भन्दै तथानाम बोलेको एक सहभागीले बताए ।
यसैबीच, एकीकृत समाजवादीले पार्टीका नेता खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
एकीकृत समाजवादीले बुधबार विज्ञप्ति प्रकाशित गरी खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गर्नेहरुलाई कानूनबमोजिम कडा कारवाही गर्न माग गरेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरे बसधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालमाथि गरेको दुरव्यवहारको निन्दा गरेका छन् । घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस् ।’
कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएका सन्तोष ‘राजावादी’ लगायत ९ जना रहेको उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार