रोकिएन शेयरबजारको गिरावट, दुई दिनमै एक खर्ब बढीको नोक्सान
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १६:७:४
१७ जेठ, काठमाडौं । शेयरबजारमा भारी गिरावट आएको छ । बुधबार पनि शेयरबजार उच्च अंकले घटेको छ । कारोबार बन्द हुँदा परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ । यसअघि मंगलबार ५३ अंक घटेको थियो । बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ ।
अर्थमन्त्री डा प्रकाशरण महतको कर नीतिले लगानीकर्ताले दुई दिनमा एक खर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् । बजेट अगाडि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बजार पुँजीकरण २८ खर्ब २७ अर्ब थियो । सोमबारको शेयर कारोबारपछि बजार पुँजीकरण २७ खर्बभन्दा तल झरेको छ । यसरी बजेटको नीतिले शेयर बढ्ने आशामा रहेका लगानीकर्तालाई बजेटले झन घाटा बढाउने काम गरेको देखिएको छ ।
शेयरबजार घट्नुको पछाडि बजेटमा लिएको कर नीति प्रमुख कारक हो । महतले बजेटमा समेटेको शेयरबजारमा पुँजीगत लाभकरले बजारमा अन्योल हुने वातावरण बनाएका छन् । अहिले शेयरबजारमा दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत र अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत लाभकर लाग्छ । मन्त्री महतले शेयरबजारबाट हुने आम्दानीलाई तलब खाने व्यक्तिले तिर्नुपर्ने दरअनुसार तिर्नुपर्ने नीति लिएका छन् ।
बुधबार कुल २ अर्ब ३१ करोड रूपैयाँको कारोबार भयो । मंगलबार २ अर्ब ३४ करोडको भएको थियो । कुल १६ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रो फाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंक घटे ।
आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा माइखोला हाइड्रोको मूल्य ६ प्रतिशत बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । एसियन हाइड्रोपावरको ९.७, युनिक लघुवित्तको ८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक (संस्थापक), शिवम् सिमेन्ट, स्टान्डर्ड चार्टड, एनआईसी एसिया बैंक र तारागाउा रिजेन्सी क्रमशः अगाडि रहे ।
सेयर लगानीकर्ताहरुले घोषित बजेटको आय विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । सेयर लगानीकर्ताहरुले आयविवरण बुझाउनुपर्ने र सो मा आयकर लाग्ने आशय बजेटमा राखिएपछि त्रसित भएका हुन् ।
बजेटको बुँदा नम्बर २९ मा उल्लेख गरिएको धितोपत्र, तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थामा भनिएको छ ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बााकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सो मा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ र यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
ओली रिझाउन नसक्दा लामो राजनीतिक यात्राको उत्तरार्धमा पुगेर उथलपुथल भए भीम रावल !
पुष १४, २०८१ आइतबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
झारपातले कुरुप बन्दै रारा तालको पश्चिम क्षेत्र
पुष १४, २०८१ आइतबार
ड्रागन बोटरेसमा प्रतिस्पर्धा गरिँदै
पुष १४, २०८१ आइतबार
जाडो छल्न आएको जलेवा
पुष १४, २०८१ आइतबार