नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन
एमाले, रास्वपा र राप्रपाको विरोध, लोसपा र जनमतद्वारा स्वागत
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १८:३०:३५
१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका विषयमा राजनीतिक दलहरुले मिश्रित धारणा राखेका छन् । केही प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् भने सत्तारुढ दलहरुले स्वागत गरेका छन् ।
प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमाणिकरण खुलेर विरोध गरेका छन् । विधेयक प्रमाणिकरणले राष्ट्र हितविरुद्ध कदम उठाएको रुपमा व्याख्या गरेका छन् ।
रास्वपाका सभापति रबि लामिछानेले नयाँ संसदमा छलफल नै नगराई पहिलेका सरकारले पठाएको विधेयकलाई प्रमाणिकरण गरेको भन्दै राष्ट्रको हितविरुद्ध भएको बताएका छन् । सामाजिक संजालमा उनले लेखेका छन्। ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’
यस्तै, राप्रपाका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गराउने सत्तारूढ दल सत्ता स्वार्थमा गोटी बनेर आत्मसमर्पण गरेको आरोप लगाएका छन् । उनले दलहरुले सत्ता स्वार्थका लागि जस्तोसुकै तहका गल्ती गरेकै कारण आफूहरुले राजसंस्थाको वकालत गरेको बताए ।
प्रमुख प्रतिपक्ष एमालेले विवादस्पद र निष्क्रिय नागरिकता विधेयक गरेर राष्ट्रपतिले गल्ती गरेको बताएको छ । एमाले महासचिव शंकर पोखरेलले नागरिकताको सम्वैधानिक प्रबन्धको ठाडो उल्लंघन भएको बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘विधेयक प्रमाणीकरणले यी प्रश्नको उत्तर खोजेको छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिक्टलाई उपेक्षा गर्न मिल्छ ? पूर्वराष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ ?’
उनको प्रश्न छ, ‘नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेकलाई प्रमाणीकरण गर्न मिल्छरु संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ?’
यसैबीच मधेश केन्द्रित दलहरुले भने प्रमाणिकरणको स्वागत गरेका छन् । लोसपाm जनमत र तराईबाट स्वतन्त्र निर्वाचत सांसदहरुले नागरिकता विधेयक प्रमाणिकरण गरेर स्वागतयोग्य काम गरेको भन्दै स्वागत गरेका छन् । लोसपाका अयक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष सिके राउतले प्रमाणिकरणले नागरिक लिन वञ्चित तराईका नागरिकलाई नागरिकता प्रमाणपत्र लिने बाटो खुला भएको बताए ।
नेपालमा जन्मिएका आधारमा ‘जन्मसिद्ध’ नागरिकता पाएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउने र नेपालीसँग विवाह गर्ने विदेशी महिलालेलाइ साविकभन्दा चाँडो नागरिकता दिलाउन खाेजिएकाे भन्दै विरोध जनाएका हुन् ।
नेपालका तराई क्षेत्रमा भारतबाट आएर भारतीय नागरिक थुप्रैले झुटा विवरण बनाएर ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका र तिनबाट जन्मिएका नागरिकले नेपाली वंशजको नागरिकता लिने बाटो खुला भएबाट राष्ट्रको हितविपरीत कदम भएको भन्दै विरोध सुरु भएको हो ।
यसैबीच एमाले समर्थित युवा संघले प्रमाणिकरणकाे विराेधमा काठमाडाैंमा बुधबार बेलुका राँके जुलुससहित प्रदर्शन गरेकाे छ । प्रदर्शनकारीहरुले राष्ट्रपति पौडेलविरुद्ध चर्का नाराबाजी गर्दै पुत्ला जलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखसँग सभापतिको गुनासोः चिया र नास्ता नभए सांसद नआउने, कोरम नपुग्दा विधेयक पास नहुने
कात्तिक ६, २०८१ मंगलबार
सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी ठोक्नेतिर लाग्योः प्रचण्ड
कात्तिक ६, २०८१ मंगलबार
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
जनही २ लाखका दरले २३८ जना मृतकका परिवारलाई सरकारले दियो राहत, १२ परिवार बाँकी
कात्तिक ६, २०८१ मंगलबार
भक्तपुरका किसान धान सुकाउनमा व्यस्त [ फोटो फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
चर्पीतिर जाने माहुरीहरु !
कात्तिक ६, २०८१ मंगलबार
सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिब्रिज संचालन [ फाेटाे फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार
म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक
कात्तिक ६, २०८१ मंगलबार