प्रधानमन्त्रीको दिल्ली भ्रमणको तयारी फितलो, दीर्घकालीन सम्झौता नहुने संकेत
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १०:५४:२६
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी फितलो भएको देखिएको छ । नेपाल र भारतबीच हुने भनिएको महत्वपूर्ण सम्झौताका विषयमा दुई देशबीच पर्याप्त छलफल नहुँदा सम्झौतामा सहमति नहुने देखिएको हो । नेपालले भारसँग गर्ने भनिएका सम्झौताका विषयमा दुई पक्षका बीच पर्याप्त छलफल नभएकाले यस्तो अवस्था आएको हो ।
नेपालले आफ्नो तर्फबाट सम्झौताका एजेण्डा तयार पारेरको र यी एजेण्डाका विषयमा भारतीय पक्षसँग पर्याप्त छलफल नभएकाले भारत महत्वपूर्ण सम्झौताबाट पछि हट्नसक्ने देखिएको छ । भारतसँग विद्युत व्यापारसम्बन्धी २५ वर्षको दीर्घकालीन सम्झौता गर्ने तयारी नेपालको थियो । तर, भारतले आनाकानी गरेपछि ६७९ मेगावाटको तल्लो अरुण र ४८० मेगावाटको फुकोट कर्णाली आयोजना भारतीय कम्पनीलाई दिने सम्झौता पनि नहुने देखिएको छ ।
यस्तै हवाई रुट थप्ने र पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा पनि समझदारी नबन्ने बुझिएको छ । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सद्भावना यात्रामा मात्र सीमित हुने सम्भावना बढेको छ । नेपालले राखेका मुख्य तीन विषयमा भारत अनुदार देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले समेत आफ्नो प्रतिनिधिमण्डललाई पर्खेर मात्र अघि निर्देशन दिएको बताइएको छ ।
बुधबार दिल्ली पुगेको प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका थिए । डोभाल र क्वात्रासँग भएको प्रधानमन्त्रीको भेटलाई शिष्टाचार भनिए पनि दुई पक्षबीच प्रस्ट तर असहज संवाद भएको नेपाली प्रतिनिधिमण्डलको बुझाइ छ । खासमा नेपालले उच्च प्राथमिकतामा राखेका विषयलाई भारतले तत्काल टार्ने संकेत दिएपछि नेपाली टोटी सशंकित बनेको हो ।
प्रधानमन्त्री प्रचण्ड भारतसँग विद्युत व्यापारका लागि २५ वर्षको सम्झौता, कम्तीमा महेन्द्रनगरबाट आऊ जाऊ गर्न मिल्ने हवाई रुट थप र महाकालीको पानी बाँड फाँटसहित पञ्चेश्वर परियोजनाको टुंगो लगाउने तयारीका साथ भारत भ्रमणमा गएका थिए । तर, भारत यी मुख्य विषयमा उदार नदेखिएको बताइएको छ ।
वार्तामा नेपालका लागि दीर्घकालीन महत्वको सम्झौता भन्दै प्रधानमन्त्री प्रचण्डले जोड गरेपछि डोभाल र क्वात्राले एक/दुई सातापछि दुई देशका अधिकारीहरू भेटेर सम्झौता गर्न सकिने विकल्प राखेका थिए । तर प्रचण्डले त्यस्तो अवस्थामा आफूले अन्य सम्झौता गर्न असहज हुने जानकारी गराएको नेपाली पक्षको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डसँग डोभाल र क्वात्राको भेटपछि तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत विकाससम्बन्धी सम्झौता पनि अन्योलमा परेका छन । ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) सँग सम्झौता हुने तयारी थियो । तर वार्ता बिना निष्कर्ष टुंगिएको छ । आज मोदीसँग हुने छलफल सकारात्मक नभए महत्वपूर्ण भनिएका विषयमा सम्झौता नहुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार