भारतले आफ्नो नक्सामा नेपाली भूमि समेट्नु अतिक्रमणकारी चिन्तनको उपज : विप्लव
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार ११:२७:५
१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारतीय सरकारले आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेर सार्वजनिक गर्नु हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज भएको बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेका भारतको अखण्ड नाम दिइएको उक्त नक्सामा नेपालको लुम्बिनी, विराटनगर, कपिलवस्तु लगायत भूमि सामावेश गरिएको देखाइएको छ ।
महासचिव विप्लवले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले आफ्नो नक्साबाट नेपाली भूमि तत्काल हटाएर नेपालको सार्वमिकतामाथि हस्तक्षेप नभएको सन्देश दिन माग गरेका छन् । नक्सा घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि समेटिएको नक्सा उद्घाटन गरी नेपालमाथि हरेक दृष्टिबाट निरन्तर हस्तक्षेप र भूमिमा अतिक्रमणकारी हर्कत कायमै राखेको स्पष्ट रुपमा साम्राज्यवादी रवैया देखाएको विप्लवको भनाइ छ । ‘भारतले नेपाली भूमिलाई आफनो देशको नक्सामा राख्ने मोदी सरकारको यो कार्य हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज हो’ विप्लवले भनेका छन् ।
भारतीय संसद भवनको नक्साबाट नेपाली भूमि कपिलवस्तु, विराटनगर र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार गरेका छन् ।
यही बेला प्रधानमन्त्री प्रचण्ड ४ दिने औचारिक भ्रमणका क्रममा बुधबार मात्र नयाँ दिल्ली पुगेका छन् । उनले आजै मात्र समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तामा नक्सा सच्याउन सिधा कुरा राख्न राजनीतिक दल र नागरिक तहबाट व्यापक दबाब बढेको छ ।
विरोधमा नेपालभित्र भारतीय शासकको चर्को विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार