१० अर्ब आन्तरिक ऋण उठाइँदै, आज बोलकबोल
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार ११:३३:२९
१८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १० अर्ब रूपैयाँ संकलन गर्न लागेको हो । विकास ऋणपत्र ०८५ झ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि पाँच वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।
ऋणपत्रका लागि आज बिहीबार तीन बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तालिका अनुसार शुक्रबार राष्ट्र बैंकले ऋणपत्र जारी गर्नेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर उल्लेख गर्नु पर्नेछ । इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्ने सूचनामा उल्लेख छ ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रूपैयाँ उठाएको हो ।
सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा मात्रै सरकारले १ खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सोही अनुसार अहिले विभिन्न औजारमार्फत आन्तरिक ऋण उठाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार