दिक्तेलमा नबिल बैंकको शाखा विस्तार
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार ११:४७:५८
१८ जेठ, खोटाङ । नबिल बैंकले खोटाङको दिक्तेल बजारमा शाखा विस्तार गरेको छ । केही समय अघिदेखि कारोबार सुरु गरेको नबिलको २३४ औं दिक्तेल शाखा बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले उद्घाटन गरेका छन् ।
थप ३८ वटा नयाँ शाखा विस्तारका क्रममा दिक्तेल शाखा औपचारिक रुपमा उद्घाटन गरिएको नबिल बैंक दिक्तेल शाखाका प्रमुख डिल्ली कार्कीले बताए । ‘हजुर हामी सँगसँगै’ भन्ने नारा आत्मसाथ गरेको बैंकको शाखा संख्या हालसम्म २५५ पुगेको छ ।
बैंकले बचत निक्षेपमा ७।४० प्रतिशत र मुद्धति निक्षेपमा ९।९९ प्रतिशतसम्म व्याज प्रदान गर्दैआएको जनाएको छ । ‘कर्जातर्फ सुलभ दरमा कर्जा लगानी गर्दैआएको छ,’ शाखा मेनेजर कार्कीले भने, ‘घर कर्जामा १०।९९ प्रतिशत लगानी गरिआइएको छ ।’ हालसम्म बैंकको एक्स्टेन्सन काउण्टर संख्या १८, शाखा रहित सेवा आठ र एटिएम सेवा २८३ पुगेको छ । गत बैसाख मसान्तसम्ममा बैंकको कुल निक्षेप तीन खर्ब ७३ अर्ब ८९ करोड संकलन गरी तीन खर्ब ३४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको कार्कीले बताए ।
कार्यक्रममा सहभागी अतिथिले बैंकलाई स्वरोजगार र आत्मनिर्भर बनाउनेगरी लगानी गर्न सुझाव दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष राई, विशेष अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाध्यक्ष ध्रवबिक्रम राई, उद्योग बाणिज्य संघका अध्यक्ष राजन आचार्य र बुद्धिजिवी पवन थापाले शुभकाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नबिल बैंकका प्रदेश क्लष्टर हेड टोपप्रसाद अगस्तीको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै दक्षिणा अफर
असोज २१, २०८१ सोमबार
एनएमबि बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग
असोज २१, २०८१ सोमबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
असोज २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल
असोज २१, २०८१ सोमबार