महिला क्रिकेटमा मलेसियालाई हरायो नेपालले
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार ११:५७:४
१८ जेठ, काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । यो जितसँगै नेपालले ५ खेलको शृंखलामा २-१ को अग्रता पनि हासिल गरेको छ ।
पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि कप्तान रुविना क्षेत्री बेल्वासीले सर्वाधिक २७ रन बनाइन् । पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रुविनाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । ज्योति पाण्डेले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले २४ बलको सामना गरी तीन चौका हिर्काएकी थिइन् । ओपनर सीता रानामगरले ३५ मा २१ रन जोडिन् । ईन्दू बर्माले ३० बलमा २० रन याेगदान गरिन् ।
ओपनर कविता कुँवर दुई रनमा पेभेलियन फर्किइन् । बिन्दू रावलले अविजित तीन र कविता जोशीले अविजित एक रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । मलेसियाकी बलर निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक/एक विकेट हात पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार