विहे गर्न नमान्दा प्रेमीले गरे ‘प्रेमिका’सहित २ जनाको हत्या
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १३:९:१२
१८ जेठ, बुटवल । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवाले प्रेमिका र उनकी काकाको ज्यान लिएका छन् ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारुले गएराति कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी आफ्नी ‘प्रेमिका’का १८ वर्षीया अञ्जली थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको ज्यान लिएका हुन् ।
रोहनले राति ९ बजेरि सुरुमा अञ्जलीमाथि चक्कुले आक्रमण गरेको र अञ्जलीलाई बचाउन आउने क्रममा काका बमबहादुरलाई समेत चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते अञ्जलीको मेडिकल कलेज भैरहवा र बमबहादुर जीतपुरस्थित सामूदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । मोहन र अन्जनीबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीको दाबी छ । विवाहका कुरामा विवाद चल्दा घटना भएको पाइएको छ । मोहन मटेरियामा बदला लिनकै लागि घरदेखि पुगेको बताइएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार