सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १९:५:११
विमलबहादुर विष्ट
डोटी । कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ ।
झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् ।
गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, “गाउँभरिका घर एकै किसिमका र एउटै रङ्गका भएकाले यहाँका गाउँ अहिले सुन्दर र रमाइला भएका छन् ।” नता आवास कार्यक्रमले घर निर्माण गरेसँगै यहाँका स्थानीयवासीको व्यवहार, सरसफाइ तथा खानपिनमासमेत परिर्वतन आएको छ । अहिले ती गाउँका बालबालिका समेत नियमित स्कुल जान थालेका स्थानीयवासी बताउँछन् ।
घर निर्माणसँगै प्रत्येक घरमा निजी धारासमेत जडान गरिएका कारण यहाँका स्थानीयवासीले अहिले साग तरकारीलगायतका अन्यखेती गर्न थालेकास्थानीयवासी तथा नेकपाका नेता अशोक बरालले बताए । उनले भने, “जमीन भए पनि पहिले पानी थिएन, अहिले घर÷घरमा धाराभएका कारण स्थानीयवासी तरकारीलगायतका अन्यखेतीमा व्यस्त हुन थालेकाछन् ।” निर्माण गरिएका घर भूकम्पप्रतिरोधी समेत भएका कारण यहाँका स्थानीयवासी झनै ढुक्कका साथ आफ्नो घरमा रमाइरहेका पिपल्ला गाउँकी ६७ वर्षीया कन्थरी कामीले बताए ।
उनले भने, “पहिले कच्ची घर थियो, सानो हावाहुरी आउँदा पनि डर लाग्थ्यो अहिले त पक्की घर छ, जस्तो हावाहुरी आए पनि डर लाग्दैन ।” पिपल्ला र ढोलपडा गाउँमा जनता आवास कार्यक्रमले घर बनाइदिँदा पिपल्ला र ढोलपडा गाउँका मात्रै २४ भन्दा बढी दलित घरपरिवार लाभान्वित भएका छन् ।
यहाँका गाउँका दुई दजर्न बढी विपन्न दलित घरपरिवारलाई सरकारले रु दुई लाख ३३ हजार ७०० को लागतमा दुई कोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताए।
उनले भने, “हामीले विपन्न परिवारका लागि दुई कोठे घर, भान्सा र शौचालय बनाएका छौ, अहिले बस्तीको मुहार नै फेरिएको छ ।” विषेशगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका विपन्न दलिद परिवार तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यहाँका पहाडी जिल्लामा रहेका विपन्न तथा दलित परिवारका लागि घरनिर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादीसमुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्नमा कठिनाई भएको डिभिजन प्रमुख विश्वकर्माले बताए। उनले भने, “राउटे र वादी समुदायसँग एक टुक्रा पनि जमीन छैन, जमीन नहुँदा उनीहरु अनुदानबाट वञ्चित हुन थालेका छन््, जग्गा हुनेको हामी घर बनाउन रकम तत्कालै दिन्छौँ ।”
जनता आवास कार्यक्रमले आफुहरुका घरनिर्माण गरेको भन्दै पिपल्लाका विपन्न दलिद समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताए । उनले भने, “घर नभएर कहाँ बसौं भन्ने थियो, सानो टहरोमा रात बिताउन बाध्य थियौं, अब त हामी पनि पक्की घरमा बस्न थाल्यौ, खुसी छांै ।”
पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घर निर्माण भएपछि यहाँको दलिद बस्ती हेर्नलायक तथा आर्कषक भएको दिपायल पिपल्लास्थित गैराका स्थानीय वीरभान कामीले बताए ।
उक्त कार्यालयक्रमले अछाममा १४, बाजुरामा १२, बझाङमा १०, डडेल्धुरामा सात घर निर्माण गरेको र केही घर निर्माणको प्रक्रियामै रहेको शहरी डिभिजन कार्यालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
मौसमको प्रतिकूलताले आन्तरिक उडान प्रभावित [ फोटो फिचर ]
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार