नेपालसँगको सीमा समस्या समाधान गर्छाैं : नरेन्द्र मोदी
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १४:१९:५०
१८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमासम्बन्धी समस्याको समाधान चाँडै गर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ र गंगा जति पवित्र रहेको बताउँदै आगामी दिनमा यसलाई थप उचाइमा पुर्याउने बताए । ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं’ मोदीले भने ।
पत्रकार सम्मेलनमा मोदीपछि धारणा राखेका प्रम प्रचण्डले भारतसँग नेपालको सीमासम्बन्धी समस्याबारे कुराकानी भएको र आफूले मोदीबाट समस्या समाधानबारे विश्वस्त जवाफ पाएको बताएका थिए ।
नेपालको सुदूरपश्चिमका दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले अतिक्रमण गरेर सेना तैनाथ गर्दै आइरहेको छ । यो पटक भारतले आप्mनो नयाँ संसद भवनमा ‘अखण्ड भारत’ भनी सार्वजनिक गरिएको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगरलगायत भूभाग समावेश छ । यसविषयमा नेपालभित्र भारत सरकारको विरोधमा सशक्त आवाज उठिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार