भ्रष्टाचार छानबिन आफूबाट सुरु गर्न अख्तियारलाई झलनाथ खनालको चुनौति
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १४:५३:१
१८ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले भ्रष्टाचार छानबिनको सुरुवात आफूबाट गर्न अख्तियार दुरुपयोग अुनसन्धान आयोगलाई चुनौति दिएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले आफू कुनैपनि भ्रष्टाचारमा संलग्न नरहेको बताउँदै सरकारले भ्रष्टाचारसम्बन्धी छानबिन र अनुसन्धान अभियान चलाए पहिला आफूबाट सुरु गर्न सुझाए ।
‘नेताहरूको भ्रष्टाचारबारे छानबिन गर्ने हो भने मैबाट सुरु गरौं, यसमा सरकार तयार ? म त हरदम तयार छु’ उनले भने ।
झलनाथ खनाल फाउण्डेशनमार्फत सर्पसम्बन्धी प्रोजेक्टमा बजेट विनियोजन गराई खनालले ७२ करोड रकम भ्रष्टाचार गरेको आरोपप्रति आक्रोशित बनेका खनालले देश भ्रष्टाचारकै कारण गरिब बनेको बताए । आफूसँग रहेको ७० रोपनीमध्ये ५५ रोपनी सिटीभीटीइलाई दिएको पनि जानकारी दिए ।
अर्को प्रसंगमा गुण्डागर्दी चलाउने पूर्वराजाका भरौटेहरुलाई देशभर कुनैपनि गतिविधि गर्न दिन नहुने बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका बेला खनालमाथि सन्तोष राजावादी भन्ने युवाहरुले दूर्व्यवहार गरेका थिए ।
दुर्व्यवहारमा संलग्न सन्तोषसहित ९ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार