पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार पार्न भारत सहमत
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १६:२२:४८
१७ जेठ, काठमाडौं । नेपाल र भारतबीच २७ वर्ष पहिला भएका महाकाली पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर आगामी ३ महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ ।
भारतकाे ४ दिने भ्रमणका क्रममा बिहीबार हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत ३ महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको जानकारी दिए ।
दुई देशबीच हुने लाभको वितरण भने पानीको उपभोगका आधारमा हुने भएको छ । महाकाली सन्धि भएको २७ वर्षसम्म पनि पञ्चरेश्वरको निर्माण सुरु हुन सकेको छैन । परियोजना बनाउन नेपालले पटकपटक आग्रह गर्दै आएपनि भारतले डीपीआर तयारीको काम थाल्न समेत बेवास्ता गर्दै आइरहेको छ ।
सन्धिबमोजिम नेपाल–भारतको सीमा नदी महाकालीलाई नहर बनाएर भारतले लगिरहेको रहेको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सम्पन्न भएको खण्डमा नेपाललाई राम्रो मात्रामा आर्थिक लाभ हुने विश्वास छ ।
२९ माघ २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिमा ६ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भनिएको छ । सन्धिले नेपालीलाई अमेरिकी डलरमा आम्दानी हुने त्यतिबेला एमालेका नेता (हाल एमाले अध्यक्ष) केपी शर्माले भाषण गर्दै हिँडेका थिए ।
महाकाली सन्धिलाई देशभित्रका एकथरी जनमत राष्ट्रघाती मान्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार