नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जनले गरे आत्मसमर्पण
पक्राउ पर्नेको संख्या १८ पुग्यो, अदालतमा अभियुक्तकाे बयान जारी
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १६:३८:११
१८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका हरिभक्त महर्जनले आत्मसमर्पण गरेका छन् ।
ललितपुरका बासिन्दा महर्जनले बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित भएर हाजिर भएका छन् । यही प्रकरणमा यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ अदालतमा पेस गरिसकेको थियो ।
आत्मसपर्मण गर्न आइपुगेकमा महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट अनुमति लिएको छ । प्रकरणमा महर्जनसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । १२ जना अझै फरार छन् । पक्राउ परेर मुद्दा चलाइएकामध्ये काठमाडौं जिल्ला अदालतमा महर्जनपत्नी लक्ष्मीसहित ८ जनाको बयान भइसकेको छ ।
प्रतिवादी बनाइएका ३० जनालाई नै संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा चलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार