अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १७:४:४४
१८ जेठ, गण्डकी । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् ।
बुधबारदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सुरु भएको उक्त महोत्सवको अन्तिम दिन यही जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस ९जुन ३०का अवसरमा ‘अन्नपूर्ण म्याराथन’ हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२ दशमलव १९५ किमी) को म्याराथनमा ५६ जना धावक सहभागी हुनेछन् ।
म्याराथनमा विदेशी नागरिक पनि सहभागी हुने समितिका संयोजक गुरुङले बताए । उनका अनुसार म्याराथनमा सहभागी हुनेहरू मङ्गलबारबाट नै अन्नपूर्ण आधार शिविरतर्फको यात्रा थालेका र उनीहरू मङ्गलबार छोम्रोङ, बुधबार हिमालय हुँदै आज माछापुच्छ्रे आधार शिविरमा पुग्ने कार्यक्रम छ । माछापुच्छ्रे आधार शिविरबाट भोलि बिहान ७ बजे धावक अन्नपूर्ण आधार शिविर पुगी म्याराथनका लागि पूर्वाभ्यास गर्नेछन् । जेठ २० (जुन ३) का दिन अन्नपूर्ण आधार शिविरबाट बिहान ७ बजे म्याराथन सुरु भई घान्द्रुकमा आई समापन हुने समितिका संयोजक गुरुङले जानकारी दिए ।
उनका म्याराथनका सहभागी धावकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ ।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले रू एक लाख ५० हजार, द्वितीय हुनेले रू एक लाख र तृतीय हुनेले रू ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार