पार्टी पंक्तिमा निराश बढ्याे, आवश्यक परे जिम्मेवारी छाड्न तयार छु : महामन्त्री थापा
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १७:३५:३२
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सक्षम बनाउन पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् । गुट भत्काउने क्रममा आवश्यक परे आफू जस्ताेसुकै जिम्मेवारी छाड्न तयार रहेकाे बताए ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुको विकल्प नरहेको बताए । उनले पार्टीभित्र जम्मा दुई वटा गुटमा हुनुपर्ने बताए ।
‘नेपाली कांग्रेस पार्टीभित्र सबै पक्षलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ’ महामन्त्री थाले भने, ‘जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔं । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट र अर्को उटा गुट परिवर्तन रोक्ने मात्र बनाउनुपर्छ । यो दाई, त्यो दाई भन्न छाड्नु पर्छ ।’
पार्टीभित्रक गुट र बेथिति हटाउन सकेमात्र देशलाई कुशासन, बेथिति, भ्रष्टाचार हटाउन सकिने बताए ।
गुट नभत्काउने र दाई साइनो कायमै राख्ने हो भने कांग्रेस झनै कमजोर र बेथिति मौलाउँछ’ उनले भने ।
पार्टीभित्रका गुट र नेतृत्वको व्यवहार देखेर कार्यकर्तामा निराश छाएको बताउँदै आवश्यक परे पार्टी र जनताको हितका लागि आफू महामन्त्रीबाट हटन तयार रहेको बताए ।
‘पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ । त्यसमा उहाँ तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।
पार्टी पंक्तिको तल्लो तहमा निराश छाउने मुख्य कारण चुनावमा पार्टी गठबन्धन जानु नै रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार