जुस खुवाएर कञ्चनपुरमा भारतीयले गरे लुटपाट
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १७:४५:४४
१८ जेठ, कञ्चनपुर । कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय नागरिक चोरी गरेर फरार भएका छन् ।
भीमदत्त नगरपालिका–४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् । दुई दिन अगाडि प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरूले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बुधबार राति घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएर बेहोस बनाइ लुटपाट गरेको प्रहरीले बताइएको छ ।
जुस खाएर बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
चोरीको पूर्ण विवरण भने आइ नसकेको प्रहरीले बताएको छ । प्वाली परिवारलाई भाडामा बस्न आएका भारतीयको नाम ठेगाना केही पनि थाहा छैन । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
जेठ १४, २०८१ सोमबार
अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार