वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १८:११:५
१७ जेठ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना भ्रष्टाचारमा दोषी ठहर भएका छन् । भ्रष्टाचार मुद्दा लागेका पूर्वउपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।
न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो ।
अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन् । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार