चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त जेल चलान
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १८:२२:३०
१८ जेठ, काठमाडौं । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका दुई जना अभिुक्तलाई अदालतले जेल चलान गरेको छ ।
बिहीबार जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई मुद्दा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
अभियुक्त रुङ्गटा फरार छन् भने रावल पक्राउ परी प्रहरी हिरासतमा छन् । उनलाई आजै जेल पठाइनेछ । दुई जनाले दिएका मानसिक यातनाकै कारण कँडेलले आत्महत्या गरेको भन्दै भाइ राजन कँडेलले आत्महत्या दुरूत्साहन कसुरमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरी परेपछि दुवै जना फरार भएका थिए । रावललाई मात्र प्रहरीले पक्राउ गर्न सकेको छ ।
कँडेलले भरतपुर महानगरपालिका–३, बेलचोकस्थित आफ्नै कार्यालयमा गत वैशाख २० गते मंगलबार साँझ कँडेल झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनास्थलबाट अभियुक्तहरुको नाम लेखेर सुसाइड नोट छाडेको पाइएको थियो ।
अनमोल फिड्स प्रालिका संचालक रहेका कँडेलले रावल र रुंगटालाई शेयर बिक्री गरेका थिए । तर पैसा पाउन नसक्दा तनाव परेका थिए । सुशाइड नोटमा आफूलाई दुई जनाले मानसिक र धम्की दिएको उल्लेख रहेको पाइएको छ । कँडेल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता समेत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
शरणार्थी प्रकरणको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सकिएन सुनुवाइ
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार