प्रचण्ड पुग्नु अघि नै भत्कियो महाकालेश्वर मन्दिरको मुल प्रवेशद्धार
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार ८:२८:३१
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैन स्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न जानुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएको छ ।
पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावट भाग खसेको छ । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाइका थिए ।
एबिपी लाइभका अनुसार मुख्य प्रवेशद्वार भत्किँदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
मुख्य प्रवेशद्वारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भने, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, बिहिबार बेलुका कुनै पनि अप्रिय घटना भएन ।’ महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दीद्वारमा उक्त घटना भएको हो ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे उज्जैन स्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गदैछन् । उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो । त्यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन जाने गर्छन् ।
मध्य प्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिए ।
महाकाल लोक करिडोरमा स्थापित ६ वटा मूर्ति टुटे पछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यो करिडोर निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ । उनले गुणस्तरहीन सामग्री प्रयोग गरी गुणस्तरहीन मूर्ति निर्माण गरेको आरोप लगाएका छन् । तर, भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मध्य प्रदेश सरकारले कांग्रेसले लगाएको सो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबर ११ मा ९०० मिटर लामो ‘श्री महाकाल लोक’ करिडोरको पहिलो चरणको उद्घाटन गरेका थिए । कूल रु. ८५६ करोड भारतीय रूपैयाँ लागतमा निर्माण गरिन लागिएको सो आयोजनाको पहिलो चरणमा रु ३५१ करोडको लागतमा महाकाल लोकको निर्माण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार