४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १०:४७:३२
१९ जेठ, मुम्बई । फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन् । यहाँसम्म कि उनले सुटिङमा ४० घण्टासम्म पानीको एक घुट्को पनि पिइनन् ।
अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन् ।उनले क्याप्सनमा लेखेकी छिन, ‘सनकिस्ड, आफ्टर एण्ड बिफोर फ्राम हेश द केरला स्टोरी !! यस्तो फुटेको ओठको कारण !! माइनसन १६ डिग्रीमा ४० घण्टासम्म डिहाइड्रेट गर्नु हेश सनकिस्डमेकअप हेश अदाशर्मा एटदरेट मेकअपबाईश्याम पीएस । लड्ने अभ्यासका लागि गद्दा राखिएको थियो !! तर हामीले यसको प्रयोग गरेनौं । घुँडामा र कुहिनामा चोट थियो ।’
उनले एक कलाकारका रुपमा यस्तो काम गर्नु खुशीको कुरा भएको बताएकी छन् । ‘जुन कामले मलाई शारीरिक र मानसिक रुपले अगाडि बढायो । म जति सक्दो आश्वस्त पार्न चाहन्थे । म खानाको सौखिन छु र म आम रुपमा एकदिनमा पाँच लिटर पानी पिउँछु । तर त्यहाँ यो काम मुस्किल थियो,’ उनले भनेकी छन् ।
अदाले अफगानिस्तानको आतंकवादी शिविरबाट भाग्ने चरित्रमा देखिन कै लागि पानीसमेत पिएकी थिइनन् । ‘हामीले माइनस १६ डिग्री र निकै कम अक्सिजनमा कठिन परिस्थितिमा सुटिङ गर्यौ । युनिटका सदस्यले बिरामी परिन्छ भन्दा पनि मैले भोजन र पानी बिना राम्रो किसिमले काम पुरा गरें’, उनले भनेकी छन् । अदाले ‘कमाण्डो’, ‘द गेम अफ गिरगिट’ र ‘टिब्बा’को सुटिङ पुरा गरिसकेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार