अप्पर स्यांङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १०:५७:४१
१९ जेठ, काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले जेठ १ गतेदेखि जारी पुँजी २२ करोड रुपैयाँको २ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । यस आईपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गेको आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाउन्टेन इनर्जीको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत १३, २०८० मंगलबार
प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न
चैत ८, २०८० बिहिबार
सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार