शरणार्थी प्रकरणमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान जारी
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १२:२९:२
१९ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका परी राज्यविरुद्धको अपराधसहित ४ कसुर मुद्दामा जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा कर्मचारीले न्यायाधीशसामू बयान लिइरहेका छन् । अभियुक्त हरिकृष्ण महर्जनको पनि बयान हुने क्रममा छन ।
प्रकरणमा १८ जना पक्राउ परेका छन् । अन्य १२ जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, ठगी, संगठित ठगी अपराध र सरकारी लिखत कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिइसकेको छ ।
पक्राउ परेका अन्य १५ जनाको बयान भइसकेको छ । आइतबारदेखि थुनछेक बहस सुरु हुने अनुमान गरिएको छ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।
उनीहरुविरुद्ध २८ करोड रुपैयाँभन्दा बढी बिगोदाबी र जरिवाना तथा कैदसजायको माग मुद्दामा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार